• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

आइसिसी विश्वकप लिग-टु अन्तर्गत आज नेपाल युएईसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ।

यो खेलसँगै नेपालको यूएई भ्रमण टुंगिनेछ।

खेल नेपाली समयअनुसार मध्याह्न ११:४५ बजेबाट दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरू हुनेछ। लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन। त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनैपर्ने हुन्छ। तर लिग-२ मा नेपालले युएईलाई हालसम्म हराएको छैन। लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ।

नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन अब बाँकी ५ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनैपर्ने दबाब छ। युएईलाई ओडिआई मान्यता सोझै जोगाउन नेपाललाई जस्तै तीन जित आवश्यक देखिन्छ।