• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कुशल मल्लसहित १५ ओभरमै ४ विकेट गुमायो नेपालले

काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १६ ओभरमा ४विकेट गुमाएर ६३ रन बनाएको छ ।

नेपालले कुशल मल्ल, कप्तान रोहित पौडेलसंगै दुबै ओपनर गुमाएको छ । कुशल मल्ले ३२ बलमा ३२ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी रोहन मुस्तफाको बलमा बोल्ड भए ।

ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूआतमै आउट भएका हुन्।

यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २६ बल खेलेर ११ रनमा आउट भए। उनले २ चौका प्रहार गरेका हुन्। कप्तान रोहित पौडेल ५ बलमा १ रन हानेर आउट भएका छन् ।

अहिले क्रिजमा कुशल मल्ल र भिम सार्की ब्याटिङ गरिरहेका छन्।