• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भिम र सन्दिपको साझेदारीमा नेपाल लयमा फकिँदै

काठमाडौं । नेपालका भीम सार्की र सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध इनिङलाई अघि बढाएका छन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ ।

नेपालका भीम सार्की ५९ बलमा ३ चौकासहित ३६ रनमा अविजित छन् । सन्दीप लामिछाने ३९ बलमा १ चौकासहित २७ रनमा अविजित छन् । एक समय १७.१ ओभरमा ६८.५ को अवस्थामा पुगेको नेपाललाई सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका लागि ५० रनको साझेदारी गरेका छन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका थिए । ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । ज्ञानेन्द्र यसअघिका तीन खेलमा ६, ० र ४ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र कुशलले २० रनको साझेदारी गरेका थिए ।

रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड आउट भए । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे । ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

लर्कानको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८.५ को अवस्थामा पुगेको थियो । आरिफ शेख, करण केसी र सोमपाल कामी अघि नै सन्दीपलाई ब्याटिङमा पठाएको थियो । सन्दीपले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ गरेका थिए ।

पपुवा न्युगिनीलाई तीन विकेटले हराउन सन्दीपले ५० बलमा ३ चौकासहित ३५ रन जोडेका थिए । आसिफ शेखसँग आठौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए ।

पहिलो खेलमा सन्दीपले युएईविरुद्ध २४ बलमा ४ चौकासहित २६ रनको अविजित इनिङ खेलेका थिए । त्यसैको कारण आज माथि ब्याटिङमा पठाएको हुनसक्छ । आरिफ शेख, प्रतिश जि।सी, सोमपाल कामी र करण केसी ब्याटिङको लागि आउन बाँकी छ ।