यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जीवित राखेको छ ।

साेमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेपछि नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाइ राखेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१