• २०८३ असार १०
  • 2026 June 24, Wednesday

राप्रपाले बोलायो राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।