कैलालीमा २६ वर्षीय युवक मृत फेला

धनगढी । कैलालीको भजनीमा एक युवक मृत फेला परेका छन् ।

जिल्लाको भजनी नगरपालिका–९ का २६ वर्षीय पारस चौधरी मृत फेला परेका हुन् । उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले बताएको छ ।

घटनाकाे विषयमा थप अनुसन्धान  भइरहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१