दार्चुलामा जीप दुर्घटना, चालकसहित ६ जना घाइते

दार्चुला । दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१