‘भाइरलम्यान’ डिल्लीराम खनाल धरौटीमा रिहा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको उजुरीमा पक्राउ परेका भाइरलम्यान डिल्लीराम खनाल धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी तिरेर उनी साेमबार छुटेका हुन् ।

युट्यूवको एक अन्तरवार्तामा आफ्नो चरित्रहत्या हुने किसिमले अभिव्यक्ति दिएको भन्दै करिश्माले खनालमाथि साइबर क्राइममा उजुरी दिएकी थिइन् । उनलाई गत फागुन ५ गते प्रहरीले पक्राउ गरेको थियो । गत आइतबार खनालविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।

सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा एक लाख जरिवाना र पाँच वर्ष कैद सजायको माग गरिएको छ । जिल्ला अदालतले उनलाई धरौटीमा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश दिएको हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१