पीएनजीविरुद्ध आशिफकाे शतक

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेल पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध शतक पूरा गरेका छन् ।

टियु क्रिकेट मैदानमा उनले १ सय १ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् ।

यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १ हजार रन पुर्‍याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।

यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।

आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१