• २०८३ जेठ २२
  • 2026 June 05, Friday

७ वर्षीया बालिका बलात्कारकाे आराेपमा १७ वर्षीय किशाेर पक्राउ

दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

किशोरले मंगलबार दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेका हुन् । नजिक रहेकाे माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले टाेलीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।