धनगढीमा अटो दुर्घटनामा परि एक वृद्धाको मृत्यु

काठमाडौं । धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका –४ की ८५ वर्षीया तिलानन्द जोशी छन् ।

बिहीबार धनगढी उप–महानगरपालिकाको मिलचोकमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

सो दुर्घटनामा उनी घाइते भएका थिए। धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अटो चालकलाई जिल्ला प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१