पिएनजीविरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपालले पपुवा न्युगिनीलाई २४५ रनमै अलआउट पारेर ५२ रनले हराएको हो । नेपालले दिएको २९८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पपुवान्युगिनी (पिएनजी) २४५ रनमै अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले ३५ औं ओभरको अन्तिम बलमा कप्तान असद भालालाई आरिफ शेखबाट क्याच आउट गरे।
५३ बल खेलेका भालाले २ छक्का र २ चौका प्रहार गरेका थिए।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१