• २०८३ असार १०
  • 2026 June 24, Wednesday

रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।

उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।