• २०८३ असार १०
  • 2026 June 24, Wednesday

प्रधानमन्त्री प्रचण्डले बधाई दिँदै नवनिर्वाचित राष्ट्रपति पौडेललाई गरे अकंमाल

काठमाडौं । राष्ट्रपति कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि धेरै समर्थकले उनलाई बधाई दिएका छन् ।

त्यस्तै राष्ट्रपति पदमा विजयी भएपछि पौडेललाई बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले फुल दिँदै अंकमाल मार्फत बधाई दिएका हुन् ।

आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।