काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ ।
आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् । जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए ? नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ ।
केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ । जहाजको प्राविधिक र मेकानिकल पार्ट सबै परीक्षण गरेर उड्न योग्य भएमा श्री एयरलाइन्सको जहाजले उडान भर्ने अनुमति पाउनेछन् ।
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो ।