
काठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्रु भने घाइते भएका छन् ।
मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भइ हाल काठमाडौं बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।
घाइते भएका पैदलयात्रु काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशाेककुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।