• २०८३ जेठ २२
  • 2026 June 05, Friday

उपराष्ट्रपतिमा राष्ट्रपतिभन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्छ : निर्वाचन आयाेग

काठमाडाैं । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।

आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन अधिकृतलाई दिइएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट मात्र उम्मेदवार हुनुपर्नेछ ।