गुडिरहेकाे जीपमा आगाे लागेपछि…

काठमाडौं । ओखलढुंगामा गुडिरहेको जीपमा आगलागी भएको छ ।

ओखलढुंगाकाे मानेभन्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा काठमाडौंबाट सोलुखुम्बुतर्फ गइरहेकाे ना १ ज ८८८२ नं को गाडीमा आगलागी भएको हाे ।

चालकसहित ९ जना यात्रु बोकेर गइरहेकाे जीपकाे इन्जिन अत्यधिक तात्तिएर वायरिङको तार सर्ट भइ शुक्रबार आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको भएपनि गाडी पूर्ण रुपमा जलेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।