काठमाडौं । युएईविरुद्ध नेपाली कप्तान रोहित पौडेलले अर्धसतक पुरा गरेका छन्।
२९.४ ओभरमा कात्र्तिक मेइयाप्पनको बलमा चौका प्रहार गर्दै कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक पूरा गरेका छन् ।
उनले ८३ बलमा ५३ रन बनाई अर्धसतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरे । समाचार तयार पार्दासम्म ४ विकेट गुमाउँदै ३१ ओभरमा नेपाल १ सय ३१ रन बनाएको छ । रोहित ५६ र आरिफ २६ रन बनाई खेलिरहेका छन् ।