• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए पाँच विकेट

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी (पीएनजी) लाई ३२ ओभरको समाप्तिमा अलआउट गरी नेपालले ९६ रनको सामान्य लक्ष्य पाएको हो ।

पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए ।

यसैगरी, ललित राजवंशीले २ विकेट झारे । कुशल मल्लले २ विकेट झारे । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।