दक्षिणकालीमा टिप्परको ठक्करबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय सन्दीप तामाङ रहेका छन् ।

बाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनी टिप्पर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१