काठमाडौं । चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते भएका छन् । कास्कीको रुपा गाउँपालिका–४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना चितुवाको आक्रमणबाट घाइते भएका छन् ।
उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । पछि चितुवा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्ममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।