• २०८३ असार २४
  • 2026 July 08, Wednesday

नानी र कीर्ति सुरेशको एक्सन फिल्म ‘दसरा’को ट्रेलर सार्वजनिक(भिडिओ)

काठमाडौं । दक्षिण भारतीय अभिनेता नानी र कीर्ति सुरेश अभिनीत फिल्म ‘दसरा’ को ट्रेलर भएको छ ।

मंगलबार सारेगम म्यूजिक नामक युट्युब च्यानले उक्त चलचित्रको हिन्दी ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा नानीको एक्सनलाई देखाइएको छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकले नानीको लुक फिल्म ‘पुष्पा’ का अल्लु अर्जुनसँग मिल्दोजुल्दो रहेको बताएका छन् ।

श्रीकान्त उडेला लिखित तथा निर्देशित फिल्ममा नानी र र्कीतिसँगै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ। फिल्ममा सुधाकर चेरुकुरीको लगानी रहेको छ ।

सथ्यान सूर्यानले छायांकन गरेको फिल्मलाई नविन नोलीले सम्पादन गरेका हुन् ।

यो फिल्म ३० मार्च अर्थात चैत १६ गतेदेखि प्रदर्शनमा  आउनेछ ।