नेपालविरुद्ध यूएई कप्तानको आक्रामक अर्धशतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा यूएईका कप्तान मुहम्मद वसिमले नेपालविरुद्ध अर्धसतक पूरा गरेका छन् ।

आक्रामक अन्दाजमा खेलिरहेका उनले ४३ बलमा २ चौका र ५ छौकासहित अर्धसतक बनाएका हुन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालमाथि घातक आक्रमण गरिरहेको छ । अघिल्लो खेलमा पीएनजीविरुद्ध विष्फोटक शतक बनाएका वसिम आज पनि उही अन्दाजमा देखिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१