• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाललाई तेस्रो सफलता, युएईका रिजवान रनआउट

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

तेस्राे विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीको बलमा सीपी रिजवान रनआउट भएका हुन् ।

उनलाई मिडविकेटको क्षेत्रबाट भीम सार्कीले आउट गरे । युएईका पूर्वकप्तान रिजवानले ७ रन बनाएका थिए ।

यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले एक-एक विकेट लिएका थिए ।