सकारात्मक प्रतिक्रिया पाइरहेकाे छु, चुनाव जित्छु : उपराष्ट्रपति उम्मेदवार शाक्य

काठमाडौं । उपराष्ट्रपति पदको उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले आफूले सकारात्मक प्रतिक्रिया पाइरहेको बताएकी छन् ।

उपराष्ट्रपति चयनका लागि शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहँदा सञ्चारकर्मीसँग उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उपराष्ट्रपतिमा आफ्नो विजय पक्का जस्तै रहेको बताउँदै राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उम्मेदवार हुनु गलत भएको जिकिर गरिन् ।

‘राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि आन्दोलनको भावनाविपरीत पुरुष उम्मेदवार हुनुहुन्थ्यो । गलत भयो’, उनले थपिन्, ‘चुनाव जित्छु । सकारात्मक प्रतिक्रिया पाएको छु ।’

यो निर्वाचनमा उनले मतदान गर्न पाउँदिनन् । शाक्य सांसद होइनन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७