आइतबारको तुलनामा सोमबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको सुनको मूल्य सोमबार भने नेपाली बजारमा  प्रतितोला ७ सय रुपैयाँ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१