
काठमाडौं । दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । प्यूठान नौबानी गाउँपालिका-६ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय राजन केसीको मृत्यु भएको हो । उनका श्रीमती र छोरी घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार साँझ करिब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी केसीकी २६ वर्षीया श्रीमती सन्ध्या र छोरी २ वर्षीयाराष्ट्रियता गम्भीर घाइते भएका छन् । सन्ध्याको दायाँ गोडा र टाउकोमा चोट लागेको छ । छोरीलाई भित्री चोट लागेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको प्रवक्ता गौतमले बताएका छन् ।
आइतबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका-३ कुइरेपानी स्थित घोराहीबाट लमही तर्फ जाँदै गरेको प्रदेश ०३–००१ क।०१६९ नम्बरको मिटी ट्रकले विपरीत दिशातर्फ गइरहेको बागमती प्रदेश ०२–०१६ प। ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।