
काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।