धनुषामा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाका ३ मा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना।६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको प्रदेश १।०-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटना तीन जनाको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् ।

दुर्घटना भएको दुबै ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त बनेको देखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१