विश्व बैंकले दिने भयाे नेपाललाई करिब १६ अर्ब रुपैयाँ अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ ।

विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो ।

यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ ।

साथै, छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१