• २०८३ असार ११
  • 2026 June 25, Thursday

मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ।

संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरिएको हो।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।