बाेकालाई संगिनी सुइ लगाइदिएपछि…

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ ।

संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन ।

तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयले बताएका छन् ।

गाउँपालिकाले भने तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना नै जारी गरेको छ ।

हेर्नुहाेस् सूचना :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१