
काठमाडौं । कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी (राम नबमी) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन् ।
उक्त दिन प्रदेशका दश वटै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने भएको छ ।
उक्त दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले २०७८ साल चैत २९ गते निर्णय गरेको र सो निर्णय यसवर्ष पनि लागु हुने उनले उपसचिव न्यौपानेले बताए ।