काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले आज पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्याइने जनाएको छ ।
समितिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । ३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रवहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको रथजात्राको कारण काठमाडौको भित्री सडकमा आज बुधबारदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले एक सुचना जारी गरी आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।
यस्तो छ सेतो मछिन्द्रनाथ रथयात्राको रूट
२०७९ चैत्र १५ गते साँझ ४ः०० बजे – मछिन्द्र बहाल देखि तीनधारा पाठ साल सम्म खतयात्रा
चैत्र १५ गते साँझ ५ देखि ६ः३० सम्म – जमल,रत्नपार्क,भोटाहिटी हुँदै असन
चैत्र १६ गते साँझ ५ देखि ६ः३० सम्म – असन,बालकुमारी,इन्द्रचोक,मखन हुँदै हनुमानढोका
चैत्र १७ गते साँझ ४ देखि ६ः३० सम्म – हनुमानढोका,मरु,चिकमुगल,जैसेदेगल हुँदै लगन
चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० सम्म – आमाको रुख घुम्ने
चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० सम्म – लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।