• २०८३ असार ११
  • 2026 June 25, Thursday

एक-दुई दिनभित्र सरकारले पूर्णता पाउने सञ्चारमन्त्री शर्माकाे दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक-दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेकी छन् ।

रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौं आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् ।

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समयदेखिको भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्याउन संसद्मा विधेयक गइसकेका बताइन् ।

‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पुर्याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भनिन्,‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ।’

उनले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गर्ने जानकारी पनि दिइन् ।