
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारकाे तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।