
काठमाडौं । बुधबार राति केन्टकीमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ । दुई हेलिकप्टरमा रहेका चालक दलका सदस्यको अवस्था अज्ञात रहेको बताइएको छ ।
अमेरिकी सेनाकी प्रवक्ता नन्डिस थुर्मनले चालक दलसहित स्थानीय समयअनुसार राति १० बजे उडेका दुई ब्ल्याक हक हेलिकप्टर केन्टकीको ट्रिग काउन्टीमा दुर्घटना भएको पुष्टि गरिन् ।
उनले दुर्घटनाको पूर्ण जानकारी नआइसकेकाले दुर्घटनामा के,कति मानवीय क्षति भयो भन्नेबारे यकिन विवरण नरहेको बताएकी छन् । हेलिकप्टर कसरी दुर्घटनामा भन्नेबारे अनुसन्धान भइरहेको पनि उनले बताइन् ।