काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पागुन १ गतेलाई जनयुद्ध दिवस भन्न नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनयुद्ध दिवस नभई हिंसा दिवस भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘१ गते जनयुद्ध दिवस भनेर उत्सव मनाउने किन ? त्यो हिंसा दिवस हो । त्यलाई क्यालेण्डरबाट उडाइन्छ ।’
अहिलेको सत्ता गठबन्धनले देशलाई लामखुट्टेलेझैं चुसिरहेको उनको उनको आरोप छ । सत्ता गठबन्धनका गतिविधिका कारण देश निरन्तर ओरालोतर्फ लागेको भन्दै उनले सञ्चार माध्यमलाई सजग रहन आग्रहसमेत गरे ।