• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अस्वस्थ भएपछि केही मिटरब्याज पीडित अस्पताल भर्ना

काठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् ।

दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए ।

उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेका थिए । जसमध्ये ९ जना थप स्वास्थ्य परीक्षणका लागि अस्पताल रिफर भएको छ ।