काठमाडौं । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।
राष्ट्रपतिसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन्।
आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।
दलहरूले नाम दिएमा आज अपरान्ह ३ बजे मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्।