नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा २ को मृत्‍यु, ८ घाइते

काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका-४  टाटासुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्‍यु हुनेमा दुप्तेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् ।

यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१