सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग

काठमाडाैं । सिटिजन लाइफ इन्स्यारेन्सले ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग गरेको छ ।

कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरद्वारा विराटनगर महानगरपालिका– ९, भानु टोलस्थित ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि १ लाख रुपैयाँ प्रदान गरेको हाे ।

एनआरडीएससी द्वारा ज्येष्ठ नागरिकहरुको हक, अधिकार र स‌रक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरुका लागी सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालनमा रहेको छ । जहाँ ज्येष्ठ नागरिकहरुका लागी विभिन्न सृजनात्मक क्रियाकलापहरु गरिन्छ ।

यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सन्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगको कार्यक्रमहरु गरिरहेको छ ।

साथै, ज्येष्ठ नागरिकहरु प्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकारवालाहरुसँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि विविध कार्यहरु गर्दै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई नि:शुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१