
काठमाडौं । तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन् ।
उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’
नेपालमा सुशासन नरहेको र कुशासन भएको उनले बताए । प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको वाग्लेले बताए । नेपालजस्तै मुलुकहरुले आर्थिक विकासमा गर्दा पद्धति बिग्रेकाले ती देश सरह पुग्न नसकिएको उनले बताए ।