घट्याे ब्राेइलर कुखुराकाे मूल्य

काठमाडौं । ब्राेइलर कुखुराको मूल्य घटेको छ ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी जिउँदो ब्राेइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको हो ।

संघका सचिव देव गिरीकाअनुसार अब मंगलबारदेखि जिउँदो ब्राेइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।

उनकाअनुसार अब तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुनेछ ।

हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने गिरीले बताए ।

स्वदेशमा धेरै उत्पादन भएको र खपत कम भएका कारण नभई भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण मासुको मूल्य सस्तो भएको उनको दाबी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१