
काठमाडौं । दाङस्थित राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी छ ।
बिहीबार अपराह्न ४ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित राप्ती नदीमा नुहाउने क्रममा १३ वर्षीय विवेक सुनार डुबेर बेपत्ता भएका थिए ।
नदीमा ४ जना बालक नुहाउन पसेको र त्यसमध्ये एक जना डुबेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले अर्का एक बालकलाई उनका साथीहरूले उद्धार गरे पनि सुनारको भने खोजी जारी रहेको बताए ।
बेपत्ता बालकको खोजी कार्यमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वार्टर भालुवाङका सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।