उपचार गर्न लैजाँदा कारागारका कैदी फरार

काठमाडौं । महोत्तरीस्थित कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका जलेश्वर कारागारका एकजना कैदी भागेका छन् ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले बताए ।

थुनामा रहेका कृष्ण यादवलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालको शौचालयबाट उनी फरार भएको एसपी श्रेष्ठले बताए । फरार कैदीको प्रहरीले खोजी गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१