बलिउड अभिनेत्री अमीषाविरूद्ध चेक बाउन्स मुद्दा

काठमाडौं । बलिउड अभिनेत्री अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल गूमरविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

भारतको झारखण्डस्थित राँचीको अदालतले उनीहरूलाई चेक बाउन्स, धोका र धम्कीको मामिलामा पक्राउ पुर्जी जारी गरेको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार यसै मुद्दामा अदालतले पहिला उनलाई हाजिर हुन नोटिस जारी गरेको थियो । अदालतमा हाजिर नभएपछि उनीमाथि पक्राउ पुर्जी जारी गरेको हो । यसबारे १५ अप्रिलमा सुनवाइ हुँदैछ ।

पटेलविरूद्ध राँची निवासी फिल्म निर्माता अजय कुमार सिंहले १७ नोभेम्बर २०१८ उजुरी दिएका थिए । उनले म्यूजिक एल्बम र फिल्मको नाममा आफूसँग पैसा लिएर ठगी गरेको आरोप लगाएका थिए ।

अमीषाले फिल्म ‘देशी म्याजिक’ का लागि सिंहसँग २ करोड ५० लाख भारू लिएकी थिइन् । जुन अमीषाले फिर्ता गरिनन् ।

पैसा फिर्ता मागेपछि पटेलले दुई चेक दिए पनि उक्त चेक बाउन्स भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१