
काठमाडाैं । सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पको सिक्वेल ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यसका लागि अल्लुले १२५ करोड भारु शुल्क लिएका भारतीय फिल्म पत्रिकाहरूले जनाएका छन् ।
उनको आज अर्थात् अप्रिल ८ मा ४१ औँ जन्मदिन हो । बाल्यकालदेखि नै फिल्मी माहोलमा रहेका अल्लु ३ वर्षको उमेरमा बाल कलाकारका रूपमा फिल्ममा आएका थिए ।
उनी आफ्नो भव्य जीवनका कारण पनि चर्चामा रहन्छन् । ३६० करोडको सम्पत्तिका मालिक अल्लुसँग ७ करोडको भ्यानिटी भ्यान छ । उनी आफ्नो परिवारसँग १०० करोडको आलिशान घरमा बस्छन्।
यो पारिश्रमिकपछि अल्लु पूरै भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । उनले यसै फिल्मको पहिलो पार्टका लागि ४० करोड भारु लिएका थिए ।