• २०८३ असार १२
  • 2026 June 26, Friday

नयाँ वर्षमा ७२८ जनालाई मानपदवी प्रदान गरिने (सूचीसहित)

काठमाडाैं । आगामी वैशाख १ गते राष्ट्रपति भवन शीतलनिवासमा मानपदवी वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा गत असोज ३ मा घोषणा भएका विभूषणहरूमध्ये नयाँ वर्षमा नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री पदवी वितरण गरिनेछ ।

हरेक वर्ष संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट विभिन्न विभूषण घोषणा गरिँदै आएको छ। उनीहरूलाई विशेष समारोहमा विभूषित गरिन्छ ।

यस वर्ष मानपदवी प्राप्त गर्ने व्यक्तिहरूलाई गृह मन्त्रालयबाट समारोहको प्रवेशपत्र प्रदान गरिने भएका छ । यसका लागि चैत २९ गतेसम्म सम्पर्क राख्न गृह मन्त्रालयले सूचना जारी गरेको छ ।

यस्ताे छ नयाँ वर्षमा मानपदवी पाउने ७२८ जनाकाे सूची :